दुई देशबाट ९० लाख डोज खोप ल्याउने सरकारको तयारी

काठमाडौँ, ३ असार । सरकारले अमेरिका र चीनबाट गरी ९० लाख डोज खोप ल्याउने तयारी गरिरहेको छ ।

सरकारले चीनबाट ४० लाख डोज र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज कोभिड-१९ विरुद्धको खोप ल्याउने तयारी भएको जनाएको छ । अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खरिद गर्नका लागि सरकारले विश्व बैंकलाई आग्रह गरेको जानकारी परराष्ट्रमन्त्री रघुवीर महासेठले जानकारी दिनुभयो ।

४५ दिनभित्र खोप दिन सरकारले भनेको तर, जोन्सन एन्ड जोन्सन कम्पनीले ९० दिन मागेको जानकारी समेत महासेठले दिनुभयो । नन(डिस्क्लोजर सहमतिअनुसार चीनको साइनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरिदको प्रक्रिया सुरु हुन लागेको उहाँले जानकारी दिनुभयो ।

प्रक्रिया सुरु गर्न स्वास्थ्य मन्त्रालयले सहमतिको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ । मन्त्रालयले २० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोप खरिद गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ । आगामी मंसिर ३ गतेभित्र सबै नेपाली नागरिकलाई दुबै डोज खोप लगाउने सरकारको योजना रहेको उल्लेख गर्दै मन्त्री महासेठले सबै नेपाललाई खोप लगाउन अढाइ करोड खोज आवश्यक पर्न सक्ने र खरिद गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021