आजको मौसम पूर्वानुमान

काठमाडौँ, ३ असार । यही जेठ २८ गते नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन आइतबारदेखि देशैभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार  अहिले प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । 

देशभर सामान्यदेखि पूर्ण बद्ली रही यी प्रदेशका केही  ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको एक घण्टामा सबैभन्दा धेरै पानी दैलेखमा परेको छ । दैलेखमा १ घण्टामा १२ मिलीमिटर पानी परेको छ ।

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै पानी पर्ने सम्भावना रहेको छ । तर हिजो अस्तिको तुलनामा कम पानी पर्ने अनुमान छ । अबको २४ घण्टाभित्र प्रदेश-१, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि ठूलो पानी पर्ने भएकाले त्यस प्रदेशका पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएकाे छ । 

नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र पनि प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाका मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । विदेशबाट चिकित्सा शिक्षा अध्ययन गर्न चार सय विद्यार्थी नेपाल आएका छन् । चिकित्सा शिक्षा आयोगका अनुसार

ललितपुर, २१ असोज । बलराम प्यासी । महंगा नीजि विद्यालयमा पढ्ने विद्यार्थीले मात्रै चिकित्सा शिक्षा (एमबिबिएस) र इन्जिनियरिङ्ग प्रवेश परीक्षामा

काठमाडौँ, १५ असोज । नेपाल संस्कृत विश्वविद्यालयमा अनुसन्धान परिषद् सदस्य नियुक्तिको विषयलाई लिएर विवाद चुलिएको छ। शिक्षाध्यक्षको अध्यक्षता र कार्यकारी निर्देशक

काठमाडौँ, १२ असोज । सरकारले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) गर्न पाउने व्यवस्था गरेको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021