विरोधीहरुले सरकारको राम्रो कामको पनि विरोध गरे: प्रधानमन्त्री ओली

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी ओलीले विरोधीहरुले सरकारको राम्रो कामको पनि विरोध गर्ने गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उहाँले सरकारले जनताका लागि निकै राम्रा काम गरेपनि विरोधीहरुले त्यसलाई देख्न नसकेको तर्क गर्नुभयो ।

प्रधानमन्त्री ओलीले बाढीपिडित जनताका लागि आवास लगाएतका सवै व्यवस्था सरकारले गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले बाढी पहिरोबाट घाइतेहरुको उपचारको ब्यवस्था सरकारले गर्ने, क्षतिको मूल्याङ्कन गरेर उचित राहतका लागी लागि गृहमन्त्रालयले पहल गर्ने बताउनुभयो । उहाँले रेस्क्यू गर्दा अपाङ्गता भएका जेष्ठ नागरिक बालबालिका गर्भवती महिलालाइ प्राथमिकतामा राख्न निर्देशन दिनुभयो ।
आफू नयाँ जनमत लिन जनताको माझमा जान निर्वाचन घोषणा गरिएको तर विपक्षी दलहरु भने निर्वाचनदेखि अतालिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संसारमा कुनै पनि राष्ट्रमा अदालतबाट बनेको सरकार दीगो र सफल हुन नसकेको उल्लेख गर्नुभयो ।

चूरेको बिनास नभइ संरक्षण गर्न सरकारले उचित व्यवस्था गरेको तर्क गर्दै प्रधानमन्त्री ओलीले चूरे बिनास गर्ने सरकारको कुनै उद्देश्य नरहेको साथै सरकारले खानीको मात्र उचित प्रयोग गर्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021