कालीगण्डकीमा आएकाे बाढीले ९ घर बगायो

स्याङ्जा, २ असार । गएको शनिबारदेखिको अबिरल वर्षाको कारण पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका नौ घर बाढीले बगाएको छ ।

सेती वेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका—५ का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका—६ शालिग्रामको एक घरधुरी बाढीले बगाएको हो । मङ्गलबार बिहान उर्लिएको कालीगण्डकी नदीको पानीको भेल १५ वटा घरभित्र पसेर क्षति पुगेको थियो ।

मङ्गलबार दिउँसो बहाब केही घटेपनि साँझ फेरि बढेर घर बगाएको स्थानीयवासी तिलक पराजुलीले जानकारी दिए । उनका अनुसार स्थानीय केशवराज न्यौपाने, लक्ष्मी न्यौपाने, रेशमलाल नौपाने, गोपाल सुनार, शक्ति श्रेष्ठ, माया क्षेत्री र विक्रम श्रेष्ठलगायतको घर बाढीले बगाएको हो ।

अहिले विस्थापित बनेका परिवारलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । कालीगण्डकी र सेतीखोला दुवैको बहाब बढेर पर्वत र स्याङ्जा जोड्ने सेतीखोला माथिको पुलबाट पानी बग्न लागेपछि बजारवासीमा रुवावासी छाएको थियो । अहिलेसम्म मानवीय क्षति भने नभएको पराजुलीले जानकारी दिए । बाढीले भत्काएका घरवाट बजारवासीले अत्यावश्यक वस्तुहरु निकालिएको थियो ।

अहिले स्याङ्जातर्फको बजार पूर्णरुपमा विस्थापित हुने खतरा रहेको छ । त्यसैगरी विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ भने शिला नजिकै रहेका सत्तलहरु समेत बगाएको छ । सेतिवेणीमा रहेको प्रहरी चौकीले विस्थापित भएका घरधुरीलाई सुरक्षित स्थानमा सार्न र सतर्कता अपनाउन आग्रह गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भैरहवा, ५ कार्तिक । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु

काठमाडौँ, ५ कार्तिक । विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै

काठमाडौँ, ५ कार्तिक । कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने

काठमाडौँ, ५ कार्तिक । नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021