मेलम्चीको होटलमा फसेका २ जनालाई सेनाको हेलिकोप्टरबाट उद्दार

काठमाडौँ, २ असार । मेलम्चीको बाढीले डुबानमा परेको एक होटलभित्र फसेका दुई व्यक्तिलाई नेपाली सेनाले उद्दार गरेको छ ।

मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए । होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका उनीहरुलाई हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । बाढीले होटलको तल्लो तल्लाहरु डुबाएको थियो । त्यसपछि बाहिर निस्कन नसकेका उनीहरु जोखिममा परेका थिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङको विशेष पहलमा हाल दुई वटा हेलिकप्टरद्वारा उद्धारका कार्यहरु भइरहेका छन् । मन्त्री तामाङसमेत उक्त स्थानमा पुगी जनता, प्रहरी प्रशासन तथा सम्बन्धीत निकायसँग छलफलमा जुट्नुभएको छ । त्यस्तै आज दिनभरमा राहतका सामाग्रीहरु समेत उक्त स्थानमा पुर्याई सरकारले जनताको जीवन रक्षामा विशेष काम गर्ने भएको छ । त्यस्तै हाल गृहमन्त्रालयमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक समेत बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मंसिर १५ देखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट फेरि अध्यक्ष पदमा

चितवन, १३ मंसिर । नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । पदाधिकारीमा दाबी गर्दै आएका

चितवन, १३ मंसिर । नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुनुभएको छ ।

चितवन, १३ मंसिर । एमाले नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेको जारी १० औं महाधिवेशनमा सहमति

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021