८८ प्रतिशत कोरोनामुक्त

काठमाडौँ, २ असार । विगत २४ घण्टामा दुई हजार ७४५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या छ लाख १२ हजार २०२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा थप चार हजार १८७ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना निको हुनेको सङ्ख्या पाँच लाख ४० हजार ४३९ जना पुगेको छ । 

मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणबाट निको दर ८८ दशमलव ३ प्रतिशत रहेको छ । यस्तै नेपालमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२ हजार ४०३ जना सङ्क्रमित भएका छन् । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ६३ हजार २५७ मा झरेको छ । यस्तै मङ्गलबार थप ४१ जना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार सात हजार ४४९ जनाको पीसीआर र पाँच हजार ८४१ जनाको एन्टिजेन विधिबाट १३ हजार २९० जनाको कोरोना परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षणमा एक हजार ६८१ र एन्टिजेन परीक्षणमा एक हजार ६४ जना सङ्क्रमित पाइएका छन् । यस्तै काठमाडौँमा ४५५, भक्तपुरमा १६ र ललितपुरमा ७४ जना गरी उपत्यकामा ५४५ जना सङ्क्रमित थपिएका छन् ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)