विषाक्त रक्सी खाँदा ८ जनाको मृत्यु

सर्लाही, १ असार । सर्लाहीमा विषाक्त जाँडरक्सी खाँदा आठ जनाको मृत्यु भएको आशङ्का गरिएको छ । पछिल्लो चार दिनको अवधिमा पाँच जना नेपाली र तीन जना भारतीय नागरिकको ज्यान गएको हो ।

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा जाँडरक्सी खाएर बिरामी परेका उनीहरूको मृत्यु भएको ब्रह्मपुरी गाउँपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक उपेन्द्र राउतले बताए ।

मृत्यु हुनेमा ३९ वर्षीय दिनकर दास, ५० वर्षीय रामईश्वर पासवान, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहेका छन् । कैलु दास, जुगेश्वर माझी र बलिन्द्र दासको हिजो बिहान गाउँमा नै ज्यान गएको हो भने रामईश्वर पासवान र दिनकर दासको गएको २९ गते भारतको आग्रामा मृत्यु भएको थियो ।

भारतीय बजारमा घरेलु जाँडरक्सी बिक्रीमा रोक लगाएपछि भारतीय नागरिकहरू नेपालका सीमावर्ती गाउँमा आएर जाँडरक्सी खाने गर्दछन् । घटनाको अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी