उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु

ओखलढुंगा, ३१ जेठ । उच्च रक्तस्रावका कारण एक सुत्केरी महिलाको मृत्यु भएको छ । शिशुलाई जन्म दिएको शुरु भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृत्यु भएको हो । 

डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुङ्गा सामुदायिक अस्पतालमा सिफारिस गरेको थियो । अस्पताल नलगी स्थानीय पेशा पेशला पोलिक्लिनिकमा भर्ना गरिएकी शेर्पाले शिशुलाई जन्म दिए पनि उच्च रक्तस्रावको उपचार हुन नसक्दा मृत्यु भएको स्थानीयवासी शिवकुमार कार्कीले जानकारी दिए ।

कोरोना कहरको डरले शुरुमा अस्पताल नलगिएको र आपत्कालीन अवस्थामा अस्पताल लैजान नसकिएको पारिवारिक स्रोतले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)