ग्राहकको चाप अनुसार बैंक खुल्ने

 काठमाडौँ, ३१ जेठ । नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ ।

बन्द भएका शाखाको सटरमा वा वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिने गरी सूचना दिन पनि निर्देशन दिइएको छ । बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखेर सकभर घरबाटै काम गर्न र कार्यालयमा पनि न्यूनतम कर्मचारी राखेर सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

केन्द्रीय कार्यालयको हकमा एक तिहाइ र शाखा कार्यालयमा न्यूनतम कर्मचारी राख्न राष्ट्र बैंकले भनेको छ । सेवाग्राहीलाई पनि सकभर विद्युतीय माध्यमबाट कारोबारमा प्रोत्साहित गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख