सङ्क्रमित सङ्ख्या निरन्तर ओरालो

काठमाडौँ, ३१ जेठ । कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको   छ । विगत २४ घण्टामा थप दुई हजार ४०७  जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार ९९४ जना सङ्क्रमणबाट मुक्त भएका छन् ।

नेपालमा  हालसम्म  कोरोना  सङ्क्रमितको सङ्ख्या  छ लाख  नौ हजार १८५  पुगेको छ । कोरोना  निको हुनेको सङ्ख्या पाँच लाख ३१ हजार १०५ पुगेको छ    । विगत २४ घण्टामा ४६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कारोना  सङ्क्रमणबाट  मृत्यु  हुनेको सङ्ख्या  आठ  हजार ४१२  पुगको छ । नेपालमा  हालसम्म  ३२  लाख  १४  हजार ७२५ जनाको पीसीआर परीक्षण  गरिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आइतबार सात   हजार ५१७ जनाको पीसीआर र चार हजार ८८९  जनाको एन्टिजन विधिबाट  परीक्षण गरिएको जानकारी दिए । कुल  १२ हजार ४०६  जनाको परीक्षण गरिएको  मा  दुई  हजार ४०७ जनालाई  कोरोना पुष्टि भएको हो   । 

विगत  २४  घण्टामा काठमाडौं उपत्यकामा ६५३ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका  अनुसार काठमाडौ  ँमा  ४८३,  भक्तपुर  मा  ५८  र ललितपुमा ११२ जना सङ्क्रमित थपिएका हुन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी