उदयपुर सिमेन्ट उद्योगको वार्षिक साधारणसभा सम्पन्न

उदयपुर, ३० जेठ । विगत १४ वर्षदेखी रोकिएर रहेको उदयपुर सिमेन्ट उद्योगको २०औं देखी ३३ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कोरोनाको संक्रमणलाई विशेष ध्यान दिई भर्चुअल माध्यमबाट आज साधारणसभा सम्पन्न गरिएको छ ।

उद्योग, वाणीज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा उद्योगका अध्यक्ष बलराम रिज्यालले वार्षिक प्रतिवेद पेश गर्नुभएको थियो । त्यस्तै अध्यक्ष रिज्यालले साधारण प्रस्ताव र विशेष प्रस्ताव गरी दुई प्रकारका प्रस्तावहरु राख्नुभएको थियो । उक्त प्रस्तावको बारेमा व्यापक छलफल भई वार्षिक प्रतिवेद समेत पास गरिएको छ ।

कार्यक्रमको स्वागत मन्तव्य उद्योगका महाप्रवन्धक गोपीकृष्ण न्यौपानेले गर्नुभएको थियो । महाप्रवन्धक न्यौपानेले उद्योगको विगतको अवस्था, वर्तमान अवस्थाको साथ साथै आगामी दिनमा व्यवस्थापन टिम सहित उद्योगका सम्पूर्ण कर्मचारीहरुले खेल्नुपर्ने भूमिका तथा रणनीतिको वारेमा विस्तृत विवरण बारे आफ्नो धारणा राख्नुभएको थियो । त्यस्तै सहमहाप्रवन्धक नवल किशोर साहले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

पूर्ण रुपमा सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योगले नयाँ नेतृत्व पाएसँगै नयाँ–नयाँ कामहरुलाई अगाडी बढाएको छ । त्यती मात्र नभई विगतको लामो समयसम्म रोकिएर रहेका व्यवस्थापकीय पक्षहरुले समेत गति लिएको छ । व्यवस्थापकीय, उत्पादन वृद्धि तथा आर्थिक मजवुद हुनु नै उद्योगको एक महत्वपूर्ण परिवर्तन भएको छ । दैनिक एक कदम अगाडीको नीतिमा अगाडी बढेको वर्तमान व्यवस्थापनले सुशासनको ढोकाहरुलाई समेत खुल्ला गर्न थालेको छ । करिव ५ महिना अगाडी महाप्रवन्धकमा गोपीकृष्ण न्यौपानेलाई नेपाल सरकारले नियुक्ति गरेसँगै उद्योगले नयाँ रुप लिएको छ । महाप्रवन्धक न्यौपानेले नेतृत्व संहालेसँगै छोटो समयमा नै विक्रि वितरण, उतपादन तथा बजार विस्तारले उद्योगको औचित्यलाई अझ बढी बढवा दिएको छ ।

साधारण तथा विशेष प्रस्तावहरु

program

वार्षिक प्रतिवेदन

yearly-report

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख