टिपरको ठक्करबाट कार चालकको मृत्यु

काठमाडौँ, ३० जेठ । धादिङको गजुरीमा बिहीबार काठमाडौँतर्फ आउँदै गरेको बा४च २७९ नम्बरको मारुती अटो कारलाई काठमाडौँबाट गजुरीतर्फ जाँदै गरेको बा३ख ७३९३ नम्बरको टिपरले ठक्कर दियो । ठक्कर पछि ३३ वर्षीय चालक प्रकाश अधिकारीको घटनास्थलमै ज्यान गयो । 

आफन्तका अनुसार टिपरले गलत लेन दायाँतर्फ ओभरटेक गरेर कारलाई ठक्कर दिएको थियो । तर घटनापछि मुचुल्का गर्न पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले कारकै गल्ती देखाएर मुचुल्का बनाएपछि आफन्तले क्षतिपूर्ति पाउन सकेका छैनन् ।  

टिपरको ठक्करले चालक बस्ने सिट र ढोकातर्फको पुरै भाग छियाछिया भएको छ । मृतकका दाइ किशोर अधिकारीका अनुसार टिपरचालक, टिपरधनी र यातायात व्यवसायी धादिङकै भएकाले प्रहरीसँगै मिलेमतो गरी मुचुल्का बनाएका छन् । 

जसले पीडित पक्षले क्षतिपूर्ति तथा न्याय पाउन सकेका छैनन् । ‘म पनि गाडी चलाउँछु तर प्रहरीले गलत मुचुल्का बनाएको छ,’ उनले भने, ‘घटनास्थल हामीले पनि अवलोकन गरेका छौं, प्रहरीले गलत मुचुल्का उठाएको छ ।’

यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)