माधव नेपालले पार्टी विभाजन गरे अधिकांश नेता-कार्यकर्ताले साथ छाड्छन्ः नेता भट्टराई (भिडियोसहित)

काठमाडौँ, २९ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपालले एमालेमा बस्दै नबस्ने भनेर माधव हिडे नेपाल समुहभित्रै रहेका अधिकांश नेता कार्यकर्ताले साथ नदिने खुलासा गर्नुभएको छ ।

सगरमाथा टेलिभिजनलाई अन्तर्वार्ता दिँदै नेता भट्टराईले एक अर्कातिर फर्किएर पार्टीभित्रको बिवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई सुझाव दिनुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धाएर माधव नेपालको राजनीतिक छवी कायम नहुने र अन्त कतै धारएर ओलीको हैसियत नबढने भन्दै नेता भट्टराईले एक अर्काप्रति बिश्वास गर्न सुझाउनु भएको हो । एमालेभित्रको बिवाद सैद्धान्तिक बैचारिक नरहेको र पुस ५ पछि एक अर्कामाथि गरिएको कार्वाही नै मुख्य देखिएको भन्दै उहाँले अव मिल्नुको बिकल्प दुवै नेतासँग नरहेको बताउनुभयो ।

नेता भट्टराईले भन्नुभयो, ‘अव मिल्नुको बिकल्प छैन, दुवै नेताले इगो त्यागेर एकताको बाटो समाउनु पर्छ, अध्यक्ष केपी ओली माधव नेपालतिर र माधव नेपाल अध्यक्ष ओलीतिर फर्कनु पर्छ । माधव जाने ठाउँ देउवा निवास बुढानिकलण्ठ होइन, अध्यक्ष रहेको बालुवाटार नै हुनुपर्छ ।’ उहाँले माधव नेपाल इगो लिएर एमालेमा नफर्की देउवातिरै लागेर पार्टी फुटाएमा आफू नलाग्ने घोषणा पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘माधव नेपाल एमालेमा फर्कदै नफर्कने, बिपक्षी गठबन्धनतिरै लागिरहने हो भने म त्यता लाग्दिन, म बढो प्रष्टसँग भन्न चाहन्छु, पार्टी बिभाजन भए म माधव नेपालको पक्षमा लाग्दिन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)