१० संगठनद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्रः कांग्रेस सांसद बैद्यलाई गिरफ्तार गरी सांसदबाट हटाउन माग

काठमाडौँ, २९ जेठ । नेपाली कांग्रेस वागमती प्रदेशका सांसद नरोत्तम वैद्यलाई कारवाहीको माग गर्दै सत्तारुढ दल नेकपा एमालेका १० संगठनले गृहमन्त्र खगराज अधिकारीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् ।

आज संगठनका नेतृत्वको संयुक्त छलफल पश्चात तत्तकाल कानुनी कारवाहीको माग गर्दै सिंहदरवारमा गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउने क्रममा अनेरास्ववियुका संयोजक ऐन महरले भन्नुभयो, ‘नरोत्तम बैध्य उर्फ नाथुराम गोट्सेलाई कारबाहिको माग गर्दै नेकपा एमाले सम्बद्ध जनबर्गिय संगठनहरुद्धारा संयुक्त रूपमा आज माननीय गृहमन्त्री खगराज अधिकारी ज्युलाई ज्ञापनपत्र बुझाएका छौं ।’

कांग्रेस सांसद बैद्यले हिजो प्रदेश सभाको बैठकमा प्रदेशको नीति तथा कार्यक्रमको विषयमा भइरहेको छलफलको क्रममा रोष्टममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्या गर्ने धम्की दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड