भाइको हत्या आरोपमा दाजु पक्राउ

महोत्तरी, २९ जेठ । आफ्नै भाइको हत्या आरोपमा दाइ र भतिज पक्राउ परेका छन् । लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ४५ वर्षीय लक्ष्मण साहको हत्या आरोपमा सहोदर दाजु रामचन्द्र साह र उमेश साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको हो । उमेश मृतक लक्ष्मणका आफ्नै भतिज हुन् ।

गत बुधबार घरमा कूलदेवताको स्थान र पूजा आराधना विषयमा दाजुभाइबीच भएको विवाद झडपमा परिणत हुँदा लक्ष्मण घाइते भएका थिए । उपचारका लागि काठमाडौं पठाइएका लक्ष्मणको उही शुक्रबार मृत्यु भएपछि आज विवाद र झडपमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । 

पक्राउ परेका दुवैलाई जिल्ला अदालतमा पेश गरी हिरासतमा राखी अनुसन्धान गर्ने म्याद लिइएको प्रहरीले जनाएको छ । मृतकको शव काठमाडौंमै पोष्टमार्टम (शव परीक्षण)गरी अन्तिम संस्कारका लागि भ्रमरपुरा ल्याइएको प्रहरी उपरीक्षक आचार्यले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी