कांग्रेसका सांसद वैद्यद्वारा गल्ती स्वीकार: ‘आवेशमा आएर बोलेँ, आत्मालोचित छु’

काठमाडौँ, २९ जेठ । वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिनुभएको छ ।

शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उहाँले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको भन्दै उहाँले आफू हत्याहिंशामा विश्वास नगर्ने र गान्धीवादी नेता भए पनि आवेशमा यस्तो अभिव्यक्ति दिएको भन्दै त्यो अभिव्यक्ति फिर्ता लिएको बताउनुभयो ।

आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै उहाँले सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)