दलहरुको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको सर्वदलीय बैठकको निष्कर्ष

काठमाडौँ, २८ जेठ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् ।

प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत भएको बताइएको छ । बैठकमा चुरे लगायतका क्षेत्रबाट बालुवा ढुंगा गिटी निकासी गर्ने सरकारको निर्णय गलत रहेको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुले ठहर गरेका छन् ।

टक पटक संसद विघटन गरिनु निरंकुशता र स्वेच्छाचारिताको पराकाष्ठा भएको भन्दै १४६ जनाले अदालतमा निवेदन दिएको र सोही अनुसार निकास आउनेमा विश्वास गरिएको सहभागित नेताले बताए । सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा पूर्व प्रधानमन्त्रीसहित दलका नेतासँग छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एक प्रहरी जवान लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

काठमाडौँ, ७ असार । नेपाल सरकारले घोषणा गर्यो ‘सडक मानवमुक्त नेपाल’ बनाउने । सुन्दा आहा ! कति उत्कृष्ट योजना तथा

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

सप्तरी, ७ असार । गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३