अध्यक्ष पौडेलेको चेतावनीः ‘युवापुस्ताको उर्जामा पानी खन्याउने काम बन्द गर्नुस्’

काठमाडौँ, २८ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले नेपाली युवा पुस्ताको विरुद्धमा पार्टी नेतृत्वमा रहनुभएका दोस्रो/तेस्रो तहका एमालेका केही नेताहरुले षड्यन्त्र र दाउपेच गरे सिङ्गो राजनीतिमा नै युवा पुस्ताको वितृष्णा पैदा हने चेतावनी दिनुभएको छ ।

नेपालको शासकीय तथा व्यवस्थापकीय रुपान्तरणको लागि भएका जुनसुकै आन्दोलनको नेतृत्वकर्ता युवा पंति भएकाले नै सफलता हासिल गर्न सफल भएको नेतृत्वलाई स्मरण गराउँदै अध्यक्ष पौडेलले युवा पुस्ताका नेताको विरुद्धमा तथा तमाम युवाहरुको कमाण्डरको विरुद्धमा नेतृत्व लागेको खण्डमा मुलुकमा राजनीतिक वितृष्णा मात्र नभई समप सापेक्ष रुपमा देश अगाडी बढ्न समेत नसक्ने भन्दै आक्रोस जनाउनुभएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो गर्नुभएको मन्त्रिमण्डल विस्तारमा युवाहरुको नेतृत्वलाई वाइपास गरी मन्त्रिमण्डललाई स्वार्थी नेताको भागबण्डा तथा पुरताल मात्र गर्ने प्रकारको गरेको प्रति लक्षीत गर्दै अध्यक्ष पौडेलले युवा पुस्तामा भएको उर्जालाई पानी खन्याउने कार्य नगर्न नेतृत्वलाई चेतावनी दिनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘राणाकालिन तथा मध्य शाहबंशिय कालिन ईतिहासका पानामा पढ्ने गरेका षड्यन्त्र,दाउपेचका कथाहरुको झझल्को दिने अनेक हत्कण्डाहरु आज हाम्रै पुस्ताका नेताको बिरुद्द ,हाम्रा तमाम युवाहरुका कमाण्डर बिरुद्द भैरहदा युवा पुस्तामा हामी र हाम्रो बिरुद्द मात्र हैन सिङो राजनिती बिरुद्द बितृष्णा पैदा हुनेछ । यस्ता पात्र र प्रबृतीबाट युवापुस्ताको उर्जामा पानी खन्याउने काम हुँदैछ र यो परिस्थिती अन्त्य नहुँदासम्म युवा पुस्ताको कृयाशिलता, इमानदारिता, योग्यता र क्षमताले कहिल्यै स्थान पाउने छैन ।
राजनितिक विकृती विसंगतीका यि विषयहरु पनि अब युवा पुस्ताको गम्भिर चासो र सरोकारको विषयका रुपमा दर्ज हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

असाम, ९ असार । भारत असामको १०५ बर्षका वृद्धले कोरोना जितेका छ्न् । उनी आइतबार गौहती मेडिकल कलेज र अस्पताल

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा