आयुक्त खतिवडाको पहलमा बृद्धा दम्पतीको उद्धार

काठमाडौँ, २७ जेठ । राष्ट्रिय महिला आयोगका आयुक्त कृष्णकुमारी खतिवडाको पहलमा बृद्धा दम्पतीको उद्धार गरिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्धमा विगत लामो समयदेखि रामप्रसाद हुमागाई ९वर्ष ७६० र निजकी श्रीमती गोपिनी खत्री हुमागाई ९वर्ष ७५० बाटोमा मयुरको प्वाँख बेच्ने र मागेर खाँदै आफ्नो जीविका गुजारा गरिरहेका वृद्धा दम्पतीलाई उद्धार गरिएको हो ।

बन्दाबन्दीको अवस्थामा उक्त कार्य समेत बन्द भएकोले कोठा भाडा तिर्न नसकेको कारणले घरवेटीले कोठाबाट निकाला गरी सडकमा अलपत्र अवस्थामा रहेको सोही वडाका वडा सदस्य लक्ष्मी श्रेष्ठले आफ्नो घरमा विगत दुइ महिनादेखि आश्रय दिइरहेकोमा नीजहरुको संरक्षणका लागि राष्ट्रिय महिला आयोगका सदस्य खतिवडालाई जानकारी गराई वहाँकै अगुवाईमा आज उद्धार गरिएको हो । उक्त दम्पतीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग समन्वय गरी समाज कल्याण केन्द्र पशुपति बृद्धाश्रममा संरक्षणका लागि व्यबस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत