३ सयभन्दा बढि परिवारका लागि राहत वितरण

काठमाडौँ, २७ जेठ । सरकारले जारीगरेको निषेधाज्ञाका कारण ज्यालादारी गरेर छाक टार्दै आएका ३ सय भन्दा बढि श्रमिक, अपाङ्ग अशक्त र बृद्धबृद्धालाई दैनिक खानावितरण गर्दै आएका शितल प्रसाद शर्माले राहत समेत वितरण सुरु गरेका छन् ।

कोरोना कहरका कारण समस्यामा परेकाहरुलाई २० केजि चामल, २ केजि नुन, ५ केजी दाल र ३ लिटर तेलका दरले विहीबारबाट ३ सय भन्दा वढि परिवारका लागी राहत समेत वितरण सुरु गरेका हुन । निषेधाज्ञा सुरु भएसँगै सुरु गरेको लाइन्स क्लब अफ काठमन्डु गोल्बल फ्रेन्डका चार्टर प्रेसिडेन्ट यस सामाजिक अभियानमा शर्मा आफनै निजी सवारी साधनको प्रयोग गरेर काठमाडौँको भिबिन्न स्थानमा पुगेर निसुल्क खाना वितरण गरी रहेका छन् ।

रोग सँगै भोकले चाहि कसैको ज्यान नजावोस भन्ने उद्देश्यका साथ अभियान संञ्चालन गर्दै आएको शर्माले बताए । उनले भने ‘कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएसँगै दैनिक ३ सय भन्दा बढिलाई निशुल्क खाना वितरण गदै आएका छौं। आजबाट राहत समेत वितरण सुरु गरेका छौं । त्यसको लागि कोटेश्वर स्थित ‘सदस्य सेवा बचत तथा ऋण सहकारी संस्था’ले प्रायोजन गरेको छ ।’ त्यस्का साथै निशुल्क खाना तथा राहत वितरण निषेधाज्ञा भरी चलिरहने अध्यक्ष शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग

काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको

काठमाडौँ, १० असार । थप २ हजार ४ सय ७४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती