काँग्रेसका ३ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

जनकपुर, २७ जेठ । जसपा नेतृत्वको प्रदेश २ सरकारमा सहभागी काँग्रेसका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

काँग्रेसबाट मन्त्री बनेका संसदीय दलका नेता रामसरोज यादवसहित ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । उहाँहरुलाई प्रदेश प्रमुख राजेश झाले एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ गराउनुभयो । नवनियुक्त मन्त्रीमध्ये यादवले भौतिक पूर्वाधार तथा यातायात, शर्माले ऊर्जा तथा खानेपानी र सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हाल्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असार । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले पेश गरेको कागजात नक्कली भएको

काठमाडौँ, ६ असार । केही दिन अघि बाढी पहिरोमा परि मानविय तथा भौतिक क्षती भएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका तथा हेलम्बु

काठमाडौँ, ६ असार । बाढी पहिरोको कारण ६ दिन अघिदेखी बन्द रहेको मेलम्ची नगरपालिकादेखी हेलम्बु गाउँपालिकासम्मको मोटर बाटो खुलेको छ

काठमाडौँ, ६ असार । ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका