साथीको हत्या गरेको आरोपमा एक जना पक्राउ

धनगढी, २६ जेठ । कैलालीमा साथीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका–२ मोतिपुरमा डेरा गरेर बस्दै आएका कैलारी गाउँपालिका–४ का ३९ वर्षीय सोमबहादुर बस्नेतलाई आफूसँगै बस्ने धनगढीका ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बुढाथोकीको टाउकोमा चोट लागेको अवस्थामा २४ जेठमा कोठामै मृत फेला परेका थिए । घटनाको अनुसन्धान गर्दै जाँदा हत्या गरिएको आशंकामा फरार भएका बस्नेतलाई लम्कीचुहा नगरपालिकाको वीरेन्द्र सामुदायिक वनमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

अहिले उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती