ताइवानमाथीको खतराको जोखिमको प्रतिरोध गर्न अमेरिका तयार

वाशिंगटन, २५ जेठ । अमेरिकाले ताइवानको सुरक्षा वा त्यहाका जनताको सामाजिक वा आर्थिक प्रणालीलाई जोखिममा पार्ने बल वा अन्य प्रकारका जबरजस्ती गर्ने कुनै पनि गतिबिधिलाई प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

ताइवानका विदेशमन्त्रीले चीनले आक्रमण गरेमा आफ्नो देशलाई बचाउन आह्वान गरिरहेका बेला अमेरिकाको यस्तो धारणा आएको हो । मिडिया रिपोर्टहरुका चीनले हालै ताइवानमाथीको दबाब बढाउँदै लगेको छ र बारम्बार चेतावनी पनि दिइरहेको छ । अमेरिकाले ताइवानप्रतिको आफ्नो प्रतिबद्धता ठोस रहेको र ताइवान सामुद्रिक क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न अमेरिका सक्षम रहेको बताएको हो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्रइसले अमेरिकाको इण्डो–प्यासेफीक क्षेत्रमा साझा समृद्धि, सुरक्षा र मूल्यमान्यताहरू कायम गर्न अमेरिका र साझेदारहरूले निरन्तर काम गरिरहेको बताए । उनले ताइवान जल क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न अमेरिकाले काम गरिरहेको पनि उनले बताए। यता ताइवानको नजिक तनाव बढाउने क्रममा चीनको आफ्ना नौसेनाले ताएवानकै नजिकको क्षेत्रमा आफ्नो सैन्य अभ्यास बढाउँने घोषणा गरेको छ । स्रोतः याहु न्यूज

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असार । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले पेश गरेको कागजात नक्कली भएको

काठमाडौँ, ६ असार । केही दिन अघि बाढी पहिरोमा परि मानविय तथा भौतिक क्षती भएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका तथा हेलम्बु

काठमाडौँ, ६ असार । बाढी पहिरोको कारण ६ दिन अघिदेखी बन्द रहेको मेलम्ची नगरपालिकादेखी हेलम्बु गाउँपालिकासम्मको मोटर बाटो खुलेको छ

काठमाडौँ, ६ असार । ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका