निगमले आफ्नै बोटलिङ प्लान्ट निर्माण गर्ने

काठमाडौँ, २४ जेठ । नेपाल आयल निगमले एलपी ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने  तयारी थालेको छ । अहिलेसम्म ग्यास बोटलिङ प्लान्टको काम नगरेको निगमले आफ्नै प्लान्ट बनाउन लागेको हो ।

झापाको चारआली र प्रदेश २ मा ग्यास बोटलिङ प्लान्ट निर्माण  गरिने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । त्यसक्रममा परामर्शदाता नियुक्ति गरी प्राविधिक प्रतिवेदन बनाउने काम  भइरहेको निगमले जनाएको छ । उपाध्यायले भने, “झापाको चारआली र प्रदेश २ को जनकपुर वा सर्लाहीमा एलपी ग्यासको बोटलिङ प्लान्टको निर्माण गर्दैछौँ ।  अहिले डीपीआरअन्तर्गतकै प्राविधिक प्रतिवेदन बनाउने काम भइरहेको छ ।” 

प्राविधिक प्रतिवेदन तयार भइसकेपछि डीपीआर निर्माणको प्रक्रिया  अघि बढ्ने जनाइएको छ । आगामी आर्थिक वर्ष २०७८/७९  सम्म  निर्माण प्रक्रिया थालिने निगमले जनाएको छ । बोटलिङ प्लान्ट  आफ्नै जग्गामा बनाइनेछ । प्लान्टका लागि निगमले झापामा  पाँच  बिघा जग्गा छुट्याएको छ । जनकपुरमा निगमको  १०  बिघा  र  सर्लाहीमा  २१ बिघा जमिन छ । दुवै स्थानमा  पाँच/पाँच  हजार  मेट्रिक टन क्षमताको बोटलिङ प्लान्ट निर्माण  हुनेछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

असाम, ९ असार । भारत असामको १०५ बर्षका वृद्धले कोरोना जितेका छ्न् । उनी आइतबार गौहती मेडिकल कलेज र अस्पताल

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा