घट्यो समुद्रपारका मुलुकसँगको कारोबार

काठमाडौँ, २४ जेठ । कोरोना महामारीले वैदेशिक व्यापार खुम्चिएको छ । सन् २०२० को शुरुआतसँगै महमारी फैलिन थालेपछि नियन्त्रणका लागि अपनाइएका उपायहरूले नेपालको समुद्रपारका मुलुकहरूसितको कारोबार खुम्चिएको हो ।

सन् २०२०/२१ मा तेस्रो मुलुकबाट आयात हुने मालसामान लिएर नेपाल भित्रिने कन्टेनरको संख्या उल्लेख्य परिमाणले घटेको छ । नेपालको वैदेशिक व्यापार वर्षेनि बढ्दै आएकोमा यो वर्ष पहिलोपटक तेस्रो मुलुकसँगको व्यापार परिमाण खुम्चिएको हो ।

भारतको कोलकातास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी (एनटीडब्ल्यूसी) का अनुसार बितेको वर्ष २०२०/२१ (अप्रिलदेखि मार्च) मा तेस्रो मुलुकबाट नेपालका लागि आउने कन्टेनर संख्या १७ हजार ६४५ ले घटेको छ । गत वर्ष भारतको श्यामाप्रसाद मुखर्जी (कोलकाता) र विशाखापत्तनम् बन्दरगाह हुँदै नेपालका लागि २० फीटका ९० हजार ४६६ ओटा कन्टेनर आएको एनटीडब्ल्यूसी कोलकाता कार्यालयका प्रमुख हिमनाथ पौडेलले जानकारी दिए ।

वर्ष २०१९/२० मा यो संख्या १ लाख ८ हजार १११ थियो । सन् २०२० का शुरूका केही महीना व्यापारमा कोरोना महामारीको असर खासै देखिएको थिएन । संक्रमण पैmलिएसँगै बन्दाबन्दी र निषेधाज्ञा लागू भएपछि व्यापार घट्दै गएको हो । सरकारले कोरोना नियन्त्रणका लागि अघिल्लो वर्ष ६ महीनासम्म लगाएको बन्दाबन्दी र निषेधाज्ञाले बजारमा आपूर्ति र माग घटेको थियो । आवागमन र बजार अवरुद्ध भएपछि त्यसको प्रभाव वैदेशिक व्यापारमा देखिएको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा