कक्षा ११ का विद्यार्थीको अन्तिम मूल्याङ्कन विद्यालयबाटै

काठमाडौँ, २३ जेठ । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्नेछन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ । 

कक्षा १२ को परीक्षाको विषयमा भने कुनै निर्णय गरिएको छैन । बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनसमेत वैकल्पिक विधिबाट गर्ने प्रस्ताव गरे पनि सरकारले यस विषयमा कुनै निर्णय गरेको छैन । 

गत वर्ष कक्षा १२ मा बोर्डले ४० अङ्कको लिखित परीक्षा लिएको थियो । त्यसबाहेक विद्यार्थीको आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नतिजालाई समेत आधार मानिएको थियो । केही महिना कुरेर भए पनि पुरानै मोडलबाट कक्षा १२ को परीक्षा हुने सम्भावना रहेको जनाइएको छ ।​ 

यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा