राष्ट्र र राज्यका वारेमा हामी स्पष्ट छौंः मुख्यमन्त्री पोखरेल

काठमाडौँ, २२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्र र राज्यका वारेमा आम नेपाली तथा जनप्रतिनिधिहरु स्पष्ट रहेको बताउनुभएको छ ।

नवनियुक्त उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले शुक्रबार मन्त्रीको पदभार ग्रहण गर्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापना लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ पार्टीको एजेन्डा भएको बताउनुभएको थियो । सोही प्रशंगलाई लक्षीत गर्दै मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीसँग नीतिगत रुपमा एमालेको विमती हिजो पनि रहेको र आज पनि रहेको उल्लेख गर्नुभयो । जसपाका नेता समेत रहनुभएका मन्त्री महतोले दिनुभएको अभिव्यक्ति स्वंम जसपाको माग नभई तत्तकालिन समयमा नेकपा माओवादी केन्द्रको माग भएको र सोही अनुसार हालसम्म पनि जसपाले सोही मागलाई निरन्तरता दिइरहेको बताउनुभयो ।

तत्कालिन समयमा माओवादीलाई समेत बदलेर शान्तिपूर्ण बहुदलीय व्यवस्थामा ल्याउन सफल भएको स्मरण गराउँदै मुख्यमन्त्री पोखरेलले जसपालाई समेत उक्त मागको बारेमा बदलेर ल्याउनु पर्नेमा जोड दिनुभयो । जसपा तथा मन्त्री महतोले जे जस्तो अभिव्यक्ति दिएता पनि एमाले राष्ट्र र राज्यप्रति हिजो पनि स्पष्ट रहेको र आज पनि सोही अनुसार स्पष्ट रहेको बताउनुभयो । उहाँले मन्त्री महतोका अभिव्यक्तिलाई रुपमा घुमाउरो भाषामा जनाउनुभयो । एमाले राष्ट्रियताको पक्षमा दृढ रहेको समेत उहाँले बताउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘जसपाका कतिपय नीतिसंग हाम्रा विमती हिजो पनि थिए र आज पनि छन नै । आज जुन कुराको तिव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति हो । आज माओवादी केन्द्रको उक्त नीति वदलिएको हो भने जसपाको पनि अवश्य वदलिनेछ । तर राष्ट्र र राज्यका वारेमा हामी हिजो पनि स्पष्ट थियौ र आज पनि स्पष्ट नै छौंं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एक प्रहरी जवान लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

काठमाडौँ, ७ असार । नेपाल सरकारले घोषणा गर्यो ‘सडक मानवमुक्त नेपाल’ बनाउने । सुन्दा आहा ! कति उत्कृष्ट योजना तथा

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

सप्तरी, ७ असार । गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३