महन्थ पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भयो: मुख्यमन्त्री पोखरेल

काठमाडौँ, २२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको दाबी गर्नुभएको छ ।

शनिबार सामाजिक सञ्जालमार्फत पोखरेलले जसपाको महन्तपक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको बताउनुभयो । उहाँले संविधानवाद स्थापित भएसँगै अब चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुट्न अपिलसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जसपाको महन्थपक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको छ । अब सबै पक्ष चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुटौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष हुन् शेरबहादुर देउवा । देउवापछि संघको नेतृत्वमा

काठमाडौँ, ६ असार । सत्तारुढ दल नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजिव कुमार झाले

  काठमाडौँ, ६ असार । काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख

काठमाडौँ, ६ असार । थप २ हजार ४ सय ४२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ भने ३ हजार ४