लागुऔषधसहित चार जना पक्राउ

धनगढी, २२ जेठ । कञ्चनपुरमा लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ परेका छन् ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१ भाँसीबाट २ जना र बेलौरी नगरपालिका-७ कालोपुलबाट २ जानालाई पक्राउ गरिएको हो ।

भीमदत्त नगरपालिकाको भाँसीबाट बेदकोट नगरपालिका-१ का २१ वर्षीय श्याम पाल र १९ वर्षीय सुरेन्द्र पाललाई पक्राउ गरिएको र उनीहरुको साथबाट ५.०५ ग्राम खैरो हिरोइन बरामद गरिएको छ । यस्तै बेलौरी नगरपालिकाबाट कैलालीको धनगढी उपमहानगरपालिका-८ बस्ने २७ वर्षीय अम्लेसकुमार शाह र सोही ठाउँका २६ वर्षीय खड्कराज अवस्थीलाई पक्राउ गरिएको छ भने उनीहरुको साथबाट ०.७५० ग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती