आजको राशिफल

विसं २०७८ साल जेठ २१ गते शुक्रबार । इस्वी सन् २०२१ जुन ०४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि–नवमी, ०१ घडी ४२ पला,  बिहान ०५ बजेर ५१ मिनेट उप्रान्त दशमी । नक्षत्र–उत्तराभाद्रपदा, ४६ घडी ४६ पला,  बेलुकी ११ बजेर ५२ मिनेट उप्रान्त रेवती । योग– प्रीति,  ०२ घडी ३५ पला,  बिहान ०६ बजेर १२ मिनेट उप्रान्त आयुष्मान । करण– गर,  बिहान ०५ बजेर ५१ मिनेट उप्रान्त वणिज, बेलुकी ०६ बजेर १३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मीन । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विदेशमा श्रम गर्नेहरूले मनग्य धन तथा सम्पत्ति जोड्न सक्नेछन् । अध्ययनमा मन सुधार हुँदै जानेछ भने आफन्त तथा सहयोगीहरूको सहयोगले शरीरमा थप ऊर्जा बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । परिवारका साथ घरमै बसी समय व्यतित गर्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पत्ति परिचालन गरी मनग्य आम्दानी गर्न सकिनेछ । पढाइलेखाइमा मन जानेछ भने बैङ्किङ क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । दाजुभाइ तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ । सवारी साधन प्राप्तको योगलाई नकार्न सकिँदैन ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
गीतसङ्गीत क्षेत्रमा रुचि बढ्ने हुँदा केही समय रमाइलोतिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । पढाइलेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । मातापिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेख जनमानसमा लैजान सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
सुरु गरिएका सामाजिक काम समयमा नै सम्पन्न हुनाले मानसम्मानमा वृद्धि भएर जानेछ । विशिष्ट व्याक्तिलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । समयले साथ दिने हुँदा पढाइलेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुसन्धानमा समय लगानी गर्नेहरूले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामीप्यता बढेर जानेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । मनपरेको मानिसबाट भौतिक सम्पत्ति तथा उपाहार प्राप्त हुनेछ । अग्रज तथा दिदीबहिनीबाट तपाईंको हरेक काममा सहयोग प्राप्त हुनेछ ।  खोजीमूलक क्षेत्रमा समय लगानी गर्नेहरूका लागि समय उत्तम रहेको छ । नीति नियम तथा कानुनको जगेर्ना गर्ने काममा तथा पद्धतिको खिलाप लाग्नेहरूका विरुद्ध आवाज बुलन्द गर्नुपर्ने हुन सक्छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । विभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपाईंको नाम आउनेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा हात पार्न सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
नोकरीमा प्रतिस्पर्धीहरूलार्ई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरू आफै साइड लाग्नेछन् । विवादित निर्णयहरू तपाईंकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । पढाइलेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घरपरिवार तथा आफन्तहरू खुसी हुनेछन् । पुराना स्वास्थ्यसम्बन्धी समस्या हल भएर जानेछन् भने सङ्कटबाट मुक्ति मिल्ने समय रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूले नयाँ ठाउँको भ्रमण गरी रमाउने योग रहेको छ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यू)
बौद्धिकताको लडाइँमा तपाईंकै नाम उच्च स्थानमा आउने हुनाले मन प्रसन्न हुनेछ । सेयर बजारमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुनेछ भने उपहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
समयमा काम गर्न सकिने तथा जनताको काम समयमा सम्पन्न हुने हुँदा सामाजिक पद प्रतिष्ठा पाइने योग रहेको छ । अध्ययन अध्यापनमा समय दिएअनुसार राम्रो नतिजाको अपेक्षा गर्न सकिनेछ । आमा वा अग्रजको सुझावलाई मनन गर्दै अगाडि बढ्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रीबाट मनग्य धन लाभ हुनेछ भने माया प्रेममा सामीप्यता बढेर जाने योग रहेको छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
सहासिलो काम गर्ने जोसजाँगर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पढाइलेखाइमा परिणाममुखी उपलब्धि हासिल गर्न सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको गाँठो कसिलो भएर जानेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
बोलीको प्रभाव बढ्ने हुँदा बोलीकै भरमा कामहरू हुनेछन् । कार्यक्षेत्रमा तपाईंको निर्णयको उच्च कदर हुनेछ । आफन्त तथा परिवारका सदस्यहरू तपाईंको कामदेखि खुसी हुनेछन् । पारिवारिक माहोलमा सहभागी भई मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ ।  माया प्रेममा सामीप्यता बढेर जानेछ ।  

मीन (दि, दू, थ, झ, ञ, दे, दो, चा, ची)
शुभचिन्तकको सहयोगले चिताएका काम सम्पादन हुनेछन् । पढाइलेखाइमा मन जाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने विलाशी वस्तुको प्रयोगमार्फत अरूको मन आफूतिर तान्न सकिनेछ ।

तपाईं दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत