कटुवा पेस्तोलसहित दुईजना पक्राउ

धनुषा, २० जेठ । धनुषाको विदेह नगरपालिका–६, तिनकोरिया चोकनजिक मैनाथपुर सडकबाट एकथान कटुवा पेस्तोलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

मैनाथपुरबाट यदुकुहातर्फ जाँदै गरेको ज१०प ८६३५ नम्बरको मोटरसाइकललाई प्रहरीचौकी गिद्दा, धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सहिदनगर नगरपालिका–३ बस्ने २५ वर्षीय उतिमलाल पासवान र सहिदनगर–२ बस्ने १९ वर्षीय निपुल यादवलाई पक्राउ गरेको हो ।

मोटरसाइकलमा सवार उतिमलालको साथबाट उक्त पेस्तोल फेला पारी मोटरसाइकल चालक निपुलसमेतलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती