बिना मगर हाबी हुँदा माओवादीभित्रै किचलो

कैलाली, २० जेठ । पूर्वखानेपानीमन्त्री बिना मगर हाबी भएपछि सुदूरपश्चिम प्रदेशमा माओवादीभित्रै किचलो शुरू भएको हो । यहाँका नेताहरूले बिनाको कारण माओवादी अध्यक्ष प्रचण्डको समेत सामाजिक सञ्जालबाटै आलोचना गरिरहेका छन् ।

माओवादीले नेतृत्व गरेको सरकारमा पछिल्लोपटक ९ मन्त्री थप हुँदा माओवादी केन्द्रका २ जनामात्रै परे । उद्योग वन तथा वातावरण मन्त्रीमा दार्चुलाबाट निर्वाचित सांसद मानबहादुर धामी, र भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्रीमा कञ्चनपुरका मानबहादुर सुनार नियुक्त भए ।
उनीहरू दुवैजनालाई मन्त्री नियुक्त गर्न बिना मगरले चासो देखाएको माओवादी स्रोतले बतायो । ‘मानबहादुर धामी त पहिला पनि मन्त्री बन्ने चर्चा थियो । तर मानबहादुर सुनारलाई आफ्नो गृह जिल्लाका भएकै कारण उहाँले भूमिका खेल्नु भएको हो ’ माओवादी स्रोत भन्छ ‘हाम्रालाई मन्त्री बनाउँदा राम्रा छुटे ।’

माओवादी केन्द्रबाट कञ्चनपुरका मानबहादुर सुनार राज्य मन्त्री मात्रै भएनन् कञ्चनपुरका लालबहादुर खड्का एमाले माधव पक्षबाट सामाजिक विकास मन्त्रीमा नियुक्त भए । माओवादीका तर्फबाट मात्र होइन एमालेको तर्फबाट पनि आफ्नो गृह जिल्लाको सांसदलाई मन्त्री बनाउन मगरले भूमिका खेलेको आरोप छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक दलित समुदायका नागरिक मन्त्री भए । शान्ति नेपाली पनि माओवादीकी प्रदेशसभा सदस्य हुन् । महिला र दलित दुवै प्रतिनिधित्व हुन व्यक्ति हुँदा हुँदै मगरले आफ्नो जिल्लाबाट सुनारलाई मन्त्री बनाएको आरोप छ ।
माओवादीका दुई मन्त्रीले सपथ ग्रहण गरिरहेको बेला माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका सह इन्चार्ज खगराज भट्टले खेद व्यक्त गरेका थिए । उनले प्रदेश कमिटीसँग समन्वय नै नगरी केन्द्रले हस्तक्षेप गरेको आरोप लगाए ।

उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सुदूरपश्चिम प्रदेशको पार्टी नेतृत्वलाई जोकरफाल्तु बनाएर यहाँको पार्टी र संसदीय दलको चाहना र भावनालाई लत्याउँदै केन्द्रले लादेर गर्न लागेको प्रदेश मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया प्रति खेद व्यक्त गरौँ ।’ पछिल्लो पटक भएको मन्त्रिपरिषद् पुनर्गठनप्रति माओवादीका नेता मात्रै होइन सांसदहरू पनि असन्तुष्ट छन् । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा माओवादीको तर्फबाट १३ जना सांसद छन् । तीमध्ये एकजनामात्रै संविधानसभा सदस्य छन् ।

प्रदेशसभामा एक जना मात्रै प्रत्यक्ष निर्वाचित महिला सांसदलाई पनि मन्त्री पदमा नियुक्त नगरेको भन्दै माओवादीभित्रै तीव्र आलोचना भइरहेको छ । अहिले माओवादी केन्द्रभित्र मल्ललाई मन्त्री नबनाएको भन्दै नेतृत्वको आलोचना शुरू भएको छ । माओवादी केन्द्र बझाङका अध्यक्ष मीनबहादुर कुँवरले पार्टी नेतृत्वले जनताको भावना अनुसार मन्त्री नियुक्त गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत