ट्रक र एम्बुलेन्स ठोकिँदा एक जनाको मृत्यु

मकवानपुर, २० जेठ । मकवानपुरको नवलपुरमा ट्रकमा एम्बुलेन्स ठोकिँदा एक जनाको मृत्यु मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रकमा एम्बुलेन्स ठोकिँदा दुर्घटना भएको हो । 

उक्त दुर्घटनामा एम्बुलेन्समा सवार सर्लाहीको बागमती नगरपालिका वडा नम्बर–४ का ६६ वर्षीय जितबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त एम्बुलेन्समा सवार अन्य ३ जना घाइते भएको र उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती