स्वास्थ्य सामग्री कालोबजारी गर्ने ३७ जना पक्राउ

काठमाडौँ, २० जेठ । स्वास्थ्य सामग्रीलगायत अन्य अत्यावश्यक सामग्री कालोबजारी गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोरोना महामारीको डेढ महिनाको अवधिमा देशभरबाट प्रहरीले अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रेम्डेसिभिर लगायतका स्वास्थ्य सामग्री कालोबजारी गर्ने ३७ जनालाई पक्राउ गरेको हो ।

यो अवधिमा पक्राउ परेका ३७ जनामध्ये १२ जना अक्सिमिटर कालोबजारी गर्ने, आठ जना पीसीआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, चार जना ह्यान्ड स्यानिटाइजर कालोबजारी गर्ने, तीन जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने, २ जना रिमडेसिभिर बढी मूल्यमा बिक्री गर्ने रहेका छन् ।

पक्राउ परेकालाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ वैशाख । खरबुजा गर्मीको बेला हाम्रो शरीरलाई निकै फाइदाजनक फल हो । खरबुजामा पाइने पानीको कारणले शरीरलाई हाइड्रेटेड

काठमाडौँ, ६ बैशाख । पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । कास्की प्रहरीका

काठमाडौँ, ६ बैशाख । यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सयौँ यात्रु अलपत्र परेका

काठमाडौँ, ६ बैशाख । धनुषामा एक ट्रक प्याज बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२