उपत्यकामा सक्रिय कारोना संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौँ, २० जेठ । काठमाडौँ उपत्यकामा कोरोना सक्रिय संक्रमितको संख्या २४ हजार ६४६ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सबैभन्दा धेरै काठमाडौँमा १४ हजार ८७ सक्रिय संक्रमित रहेको छ । ललितपुरमा ६ हजार २३५ र भक्तपुरमा ४ हजार ३२४ सक्रिय संक्रमित रहेको छ । 

त्यस्तै हालसम्म काठमाडौँ उपत्यकामा २ हजार ४१७ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १ हजार ६४०, ललितपुरमा ४४९ र भक्तपुरमा ३२८ संक्रमितको मृत्यु भएको हो । काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै हालसम्म २ लाख ४४ हजार ४८३ जनामा कोरोना संक्रमण भइसकेको छ ।  

तथ्यांक अनुसार काठमाडौँमा १ लाख ९० हजार २५७, ललितपुरमा ३३ हजार ९२१ र भक्तपुरमा २० हजार ३०५ जनामा कोरोना संक्रमण भइसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका

काठमाडौँ, ७ असार । नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन हाल देशैभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको

धादिङ, ६ असार । धादिङकाे नीलकण्ठ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौँ, ६ असार । काठमाडौँ उपत्यका प्रशासनले व्यवसाय सञ्चालन गर्न दिने गरी थप एक साता निषेधाज्ञा गर्ने भएको छ ।