आजको राशिफल

विसं२०७८ साल जेठ १९ गते बुधबार । इस्वी सन् २०२१ जुन ०२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि–सप्तमी, ०१ घडी ०३ पला,बिहान ०५ बजेर ३६ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–शतभिषा, ४० घडी ५७ पला,बेलुकी ०९ बजेर ३३ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–वैधृति,०६ घडी ५३ पला,बिहान ०७ बजेर ५५ मिनेट उप्रान्त विश्कुम्भ । करण–बव,बिहान ०५ बजेर ३६ मिनेट उप्रान्त बालव, बेलुकी ०५ बजेर २८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कुम्भ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विभिन्न भौतिक तथा विलासी सामानहरू जुट्नेछन् भने दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्य आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृष (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ । बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व कायम रहनेछ भने माया प्रेममा एकअर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
आफ्नो रीतिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक कामगरी समाजमा नाम कमाउन सकिनेछ । पढाइलेखाइमा सुधार भएर जाने तथा आफन्तहरूलाई खुसी पार्न सकिनेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि दिन उत्तम छ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ भने पतिपत्नी तथा माया प्रेममा अविश्वास सिर्जना हुनेछ । सवारीसाधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरूबाट धोका हुनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
आफ्नो क्षमता प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा वृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पत्तिको प्रयोग गर्न पाइनेतथा विलासी जीवन व्यतित गरी रमाउने समय छ । जीवनसाथीसँग रमाइलो यात्राको तय गर्न सकिनेछ भने दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
न्यालयबाट हुने न्यायिक निर्णय तपाईंकै पक्षमा हुनेछन् भने सत्रुलाई परास्त गर्ने उपाय फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा प्रतिस्पर्धीहरूलार्ई साइड लगाउँदै एक दुई कदम अगाडि बढ्न सकिनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरू पक्रिएर जानेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
पढाइलेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग छ भने बौद्धिक, साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । आकस्मिक धन तथा सम्पत्ति हातलागी हुने योग छ । सेयर बजारमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्गमा रमाउने समय छ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
सवारी साधन तथा घरजग्गामा गरिएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोषजनक आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढी सुन्नुपर्नेछ । आमासँग मनमुटाव बढ्नेछ । विद्यामा बढी नै समय लगानी नगरे अरूभन्दा पछि परिनेछ भने छातीसम्बन्धी सामान्य समस्याले सताउनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
नोकरीमा सम्मान तथा राजनीतिमा लाग्नेहरूले विशेष पद पाउने समय छ । गन्तव्य पहिल्याउँदै अगाडि बढ्न सकिनेछ । न्यायालयबाट हुने न्यायिक निर्णय तपाईंकै पक्षमा आउनेछन् भने पराक्रम बढेर जाने हुनाले सहासिलो काम गर्न जोस जाँगर बढेर आउनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथीहरूलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
मायाप्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । अध्ययन अध्यापनमा अरूलाई पछिपार्दै पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ । मीठो बोलेर अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
राम्रा काम गर्न सकिने हुनाले समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुनेछ भने अरूलाई पछि पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति गर्नेहरूले राज्यबाट पद पाउने समय रहेको छ । विलासी वस्तुको प्रयोगमार्फत अरूको मन लोभ्याउन सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची)
परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ । पढाइलेखाइ तपाईं आफ्नै कारणले बिग्रन सक्छ, ध्यान दिनु होला ।बन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुःखी हुनेछ । गलतसङ्गतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ, ध्यान दिनुहोला ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब