खोपबारे छुद्र टिप्पणी गर्ने कसैलाई कोरोना नलागोस् : मन्त्री ज्ञवाली

काठमाडौँ, १८ जेठ । परराष्ट्रमन्त्री एवं नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले कोरोनाविरुद्धको खोपबारे राजनीतिक टिप्पणी नगर्न आग्रह गर्नुभएको छ ।

आज बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकमीसँग कुरा गर्दै मन्त्री ज्ञवालीले राष्ट्रपतिले खोपबारे लिएको सक्रियताप्रति टिप्पणी गर्नेहरुलाई त्यस्तो आग्रह गर्नुभएको हो । एमालेका तत्कालिन नेता भिम रावललगायत प्रतिपक्षी दलका नेताहरुले राष्ट्रपतिको खोप कुटनीतिको विषयलाई लिएर नकरात्मक टिप्पणी तथा गैरसंवैधानिक भएको भनि आलोचना गर्नेहरुलाई मन्त्री ज्ञवालीले आलोचकलाई कहिले पनि कोरोना संक्रमन नहोस् भन्दै व्यङ्ग्य गर्नुभएको छ । राष्ट्रपतिले आफ्नो हैसियितले काम गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “साथीहरुलाई आलोचना गर्ने ठाउँ नै छैनजस्तो लाग्छ । कतिपय साथीहरुलाई हेर्दा त बडो विरक्त लाग्छ । अहिले मान्छेको जीवनरक्षा ठूलो कुरा हो कि अरु कुरा हो ? तर, ती नेताहरु, जसले अत्यन्त छुद्र तरिकाले टिप्पणी गरिरहनुभएको छ, मेरो प्राथना छ– उहाँहरुलाई कहिल्यै कोरोना नलागोस् ।”

राष्ट्रपति विद्यादेवी भण्डारी चीनका राष्ट्रपति शी जिनपिङसँग टेलिफोन सम्वाद गरी चीनले १० लाख खोप उपलब्ध गराएको छ । त्यस्तै राष्ट्रपति भण्डारीले भारत, अमेरिका, रुस र बेलायतका राष्ट्र प्रमुखलाई पत्रचार गर्नुभएको छ ।

कोरोना संक्रमणले आक्रान्त भइरहेको समयमा राष्ट्रप्रमुखको हैसियतले गर्नुभएको पहललाई मामिलामा राजनीतिक प्रश्न नगर्न समेत सबैलाई आग्रह समेत उहाँले गर्नुभयो । खोपतका लागि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीले आफ्नो पहल गरिरहेको जानकारी गराउनुभयो । आलोचना गर्नेहरुले सामान्य प्रोटोकल समेत ख्याल नगरेको भन्दै उहाँले गुनासो व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपति यो देशको सर्वोच्च पदाधिकारी हो । संविधानको रक्षक र देशको अभिभावकको हैसियतले उहाँले आवश्यकता अनुसार आफ्नो हैयिसतलाई प्रयोग गर्नु हुन्छ । जहाँ कार्यकारी राष्ट्रपति हुनुहुन्छ, त्यहाँ कुराकानी त राष्ट्रपतिले नै गर्नुपर्‍यो नि । प्रधानमत्री र राष्ट्रपतिको बीचमा त कुराकानी हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब