करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौँ, १८ जेठ । करेन्ट लागेर भक्तपुर १ र कपिलवस्तुमा १ गरी दुई जनाको मृत्यु भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागेश्चरी हेल्थपोष्ट नजिक बस्ने ३० वर्षीया बिनिता श्रेष्ठको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै भान्छा कोठाको विजुलीको स्वीच बोर्डमा करेन्ट सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि मध्यपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ बिरपुर बस्ने ३१ वर्षीय डिलबहादुर थापाको पनि करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । सोही ठाउँ बस्ने सोमलाल भूसालको घरमा रहेको सेलर मिलमा रहेको विजुलीको प्लग मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बुद्धपोलिक्निक गोरुसिङगेमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रोल्पा, ९ असार । रोल्पामा पहिरोले  घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा जिल्ला प्रहरी कार्यालयका

काठमाडौँ, ९ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल

काठमाडौँ, ९ असार । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । आज बिहानैदेखि काठमाडौँसहित देशभरका पोष्टपेड र प्रिपेड

जाजरकोट, ९ असार । भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति निधन