संक्रमित घट्दै, निको हुने बढ्दै

काठमाडौँ, १७ जेठ । केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । २८ वैशाखमा एकैदिन सबैभन्दा उच्च ९ हजार ४ सय ८३ जनामा संक्रमण देखिएकामा यो संख्या क्रमिक घटेर दैनिक ४ हजार ५ सयको हाराहारीमा पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक साताको संक्रमणदर आधार मान्दा दैनिक संक्रमित घटेको देखिएको छ । गत सोमबार ७ हजार ४ सय २५ जनामा संक्रमण देखिएको थियो । यस्तै, मंगलबार ८ हजार ६ सय ३६, बुधबार ६ हजार ७ सय १४, बिहीबार ६ हजार ९ सय ३९ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत शुक्रबार ६ हजार ९ सय ५१, शनिबार ४ हजार ४ सय ८७ जनामा संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ७० जनाको कोरोना परीक्षण गर्दा ४ हजार ३ सय ६९ जनामा संक्रमण देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

बार                  संक्रमित         संक्रमणमुक्त            परीक्षण
सोमबार              ७४२५            ७१३५                  २०४५३
मंगलबार            ८६३६             ६४०४                  २२९३६
बुधबार               ६७१४            ६७१६                  १९३५२
बिहीबार              ६९३९            ७२२६                 २०९९२
शुक्रबार              ६९५१            ९८४१                २०११०
शनिबार             ४४८७            ६०८०                १४७५२
आइतबार           ४३६९            ६२०५               १२७७०
पछिल्लो एक साता यता देशभरको संक्रमणदर 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती

काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुवयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्नुभएको छ

काठमाडौँ, १० असार । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८र७९ का लागि१८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट

काठमाडौँ, १० असार । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकु  पक्षले केन्द्रीय कार्यकारिणी समितिका सदस्यसँग छलफल गर्दै छ ।