बहुदलीय ब्यवस्थामा देखिएको निर्दलीय चरित्र ख्याल-ठट्टाको विषय होइन: प्रधानमन्त्री ओली

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुदलीय ब्यवस्थामा अहिले देखिएको निर्दलीय चरित्र ख्याल ठट्टाका बिषय नरहेको भन्दै सचेत रहन सवैलाई अपिल गर्नुभएको छ ।

देशवासीको नाममा आज सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दावी गर्न गरिएको हर्कतको भण्डाफोर गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बहुदलीय ब्यवस्थामा देखिएको निर्दलीय चरित्र ख्याल ठट्टाका बिषय होइन, यसतर्फ सवै सचेत हुनुपर्छ, सरकारमा जान जे पनि गर्न तयार भएर निर्दलीय चरित्र अपनाइनु किमार्थ राम्रो होइन ।’

उहाँले प्रतिनिधिसभा बिघटन संबैधानिक बाध्यता रहेको भन्दै निश्पक्ष निर्वाचन गराउने प्रतिवद्धता जनाउनु भयो । ‘मैले भनेको छु, सरकारले निर्वाचन निश्पक्ष गराउँछ, निर्वाचनका लागि सवै दलहरु सरकारमा सहभागी बन्नोस,’प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको स्पष्ट पार्नुभयो । आफूले प्रतिनिधिसभा पूरै अवधि चलोस् भनेर कुनै कसर बाँकी नराखेको तर दलहरूकै गतिविधि, निर्दलीय चरित्रले यो विघटित बनेको बताउनुभयो । नेकपा एकताबद्ध राख्न आफूले अन्तिसम्म प्रयत्न गरे पनि उक्त कुरा सफल हुन नसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत