“खाना बाड्दै, खुशी साट्दै”

काठमाडौँ, १४ जेठ । सरकारले गरेको लकडाउनको कारणले दैनिक जीवन गुजार्न समस्या परेका नागरिकलाई दैनिक खाना खुवाउने कार्यमा लायन्स क्लब अफ काठमाडौँ ग्लोबल फ्रेन्डका चार्टर प्रेसिडेन्ट शितल शर्माले निरन्तरता दिनुभएको छ ।

काठमाडौँ कोटेश्वर स्थित सदस्य सेवा सहकारीका संचालक तथा लायन्स क्लब अफ काठमाडौँ ग्लोबल फ्रेन्डन चार्टर प्रेसिडेन्ट शितल शर्माले कोरोना कहरमा रहेका ब्यक्तिहरुलाई नियामित निशुल्क खाना वितरण कार्य गर्दै आउनु भएको छ । शर्मा विगत लामो समयदेशी समाजिक क्षेत्रमा सक्रिय रहनुभएको छ । सरकारले गरेको लकडाउनको समस्यामा रहेका बालबालिका तथा बृद्धबृद्धालाई लागि दैनिक खाना वितरण गर्दै आउनु भएको हो । शर्माले काठमाडौँको विभिन्न स्थानहरुमा समस्यामा रहेकाहरुको लागि त्यस स्थानमै पुगेर खाना वितरण सुरु गर्नुभएको हो ।

समस्यामा परेका अशक्त, जेष्ठ नागरिक बालबालिका र मजदुरहरु लाई निशुल्क प्याकिङ खान र पानी तिरण कार्य गत हप्तादेखि निरन्तर बितरण गर्दौ आउनुभएको छ । यो महामरिको समयमा सामाजिक कार्य गर्दै केही सहयोग गरौं भन्ने उद्देश्यले कोरोनाको मारमा रहेकाहरुलाई सकेको सहयोग अन्तर्गत खाना बितरण कार्य गरिएको शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ असार । ब्राजिलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई हजार

नयाँ दिल्ली, ५ असार । पाँच प्रमुख उदयीमान राष्ट्रिय अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका बीचको सहयोगी संस्था

नोम पेन्ह, ५ असार । कम्बोडिया सरकारले कृषी विकासका लागि अन्तराष्ट्रिय कोष (आइएफडी)का निर्देशक भारतीय नागरिक कौशिक बरुवालाई राष्ट्रिय सम्मान

जम्मू–कश्मीर, ५ असार । भारतको जम्मू–कश्मीरस्थित रजौरी जिल्लामा ११ महिनापछि आगनवाडी सेन्टरहरु पुनः सञ्चालनमा आएका छन् । कोभिड–१९ महामारीका कारण