आजको मौसम पूर्वानुमान

काठमाडौँ, १४ जेठ । हाल चक्रवात यास् पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई गहिरो न्यून चापीय क्षेत्रको रुपमा परिणत भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी/अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ ।

उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केही स्थानमा वागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

उक्त गहिरो न्यून चापीय क्षेत्रको असर आउँदा केही दिनमा  नेपालको भू–भागमा पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन मौसमविद्हरुले आग्रह गरेका छन् ।  

त्यस्तै उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात/वर्षा तथा उच्च बेगको हावाहुरीसमेत आउनसक्ने सम्भावना रहेकोले केही दिन पर्वतारोहण नगर्नु र नगराउनु महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रोल्पा, ९ असार । रोल्पामा पहिरोले  घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा जिल्ला प्रहरी कार्यालयका

काठमाडौँ, ९ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल

काठमाडौँ, ९ असार । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । आज बिहानैदेखि काठमाडौँसहित देशभरका पोष्टपेड र प्रिपेड

जाजरकोट, ९ असार । भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति निधन