अस्पतालबाट भागेका कोरोना संक्रमित पक्राउ

डोटी, १२ जेठ । जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना संक्रमित पुरुष पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार दिउँसो एकाएक फरार भएका संक्रमितत पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ गरेको हो ।कोरोना उपचारका लागि गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल भर्ना भएका निज संक्रमितत पुरुष अस्पतालबाट एकाएक भागेपछि खोजीका लागि प्रहरीलाई खबर गरेपछि गए राति पक्राउ गरी पुनःअस्पतालमा ल्याइएको डा. सुरज श्रेष्ठले जानकारी दिए ।

संक्रमितत पुरुष अस्पतालबाट भागेपछि गाउँमा अरुलाई पनि कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिएको थियो । भागेका संक्रमितत पुरुषलाई बडिकेदार गाउँपालिका-५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । अत्यधिक ज्वरो आउने, काँप्ने, हातखुट्टा दुख्नेजस्ता लक्षण देखिएपछि निजलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । सोमबार गरिएको एन्टिजेन परीक्षणमा उनमा कोरोना सङ्क्रमण देखिएपछि उनी मंगलबार भागेका थिए । आफ्ना कुरुवालाई खाना ल्याउन पठाएर उनी मंगलबार दिउँसो करिब १ बजेको समयमा भागेको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि

काठमाडौँ, १० असार । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विपक्षी गठबन्धनविरुद्ध अनेरास्ववियुले आन्दोलन गर्ने भएको छ । नेपाली

काठमाडौँ, १० असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री

काठमाडौँ, १० असार । नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघले एमालेकै भातृ संगठन नेपाल खेलकुद महासंघलाई भ्रमको खेती