आजको मौसम पूर्वानुमान

काठमाडौँ, १२ जेठ । हाल नेपालमा बंगालको खाडीमा विकसित यास नामक चक्रवातको आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार  गण्डकी, कर्णाली र वाग्मती प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । प्रदेश १ काे केही ठाउँमा भने आज ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

चक्रवातको असरका परेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षासँगै उच्च बेगको हावाहुरी समेत चल्ने सम्भावना रहेकोले केही दिनसम्मका लागि पर्वतारोहण नगर्न र नगराउन महाशाखाले सुझाव दिएको  छ । भोलि पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ असार । ब्राजिलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई हजार

नयाँ दिल्ली, ५ असार । पाँच प्रमुख उदयीमान राष्ट्रिय अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका बीचको सहयोगी संस्था

नोम पेन्ह, ५ असार । कम्बोडिया सरकारले कृषी विकासका लागि अन्तराष्ट्रिय कोष (आइएफडी)का निर्देशक भारतीय नागरिक कौशिक बरुवालाई राष्ट्रिय सम्मान

जम्मू–कश्मीर, ५ असार । भारतको जम्मू–कश्मीरस्थित रजौरी जिल्लामा ११ महिनापछि आगनवाडी सेन्टरहरु पुनः सञ्चालनमा आएका छन् । कोभिड–१९ महामारीका कारण