काठमाडौँ उपत्यकामा एक साता लम्बियो निषेधाज्ञा: खाद्यान्न पसल पनि बन्द

काठमाडौँ, ११ जेठ । काठमाडौँ उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिएको छ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले एकसाता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्नका पसल र तरकारी पसल एक साता पूर्ण ठप्प गर्ने निर्णय भएको छ । यसबाहेक सवारी साधनको हकमा पनि कडाइ गरिनेछ । बैंक वित्तीय संस्थाको हकमा पनि थप कडाइ गरिनेछ ।

‘‘उपत्यकावासीले एक हप्ताका लागि खाद्यन्नको जोहो गरिसकेका होलान् । नगर्नेहरूका लागि अझै दुई दिन समय पनि छ । त्यस्तै तरकारीको पसल पनि खोल्न पाइनेछैन,” प्रजिअ पराजुलीले भन्नुभयो, ‘‘खाद्यन्न पसल र तरकारी पसल सबै एकसाता बन्द गरेर संक्रमण रोकिने आकलन गरेका छौँ । त्यसैले कडाइका साथ सबै अत्यावश्यक खाद्यन्न तथा तरकारी पसल सबै बन्द हुनेछन् ।”

देशभर दैनिक ८ हजार भन्दा बढि संक्रमित भइरहेका छन् । यसैबीच काठमाडौँ उपत्यकामा दैनिक २५ सय भन्दा बढि संक्रमित थपिएका छन् । नेपाल सरकारद्धारा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी अध्यादेश जारी भएको छ । अध्यादेश बमोजिम संक्रामक रोग नियन्त्रणमा चालिएका प्रयासहरूलाई थप कडा गरिने छ । त्यस्तै अनुगमन र कारबाहीको दायरालाई पनि बढाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत