एमालेद्वारा माधव समूहका ११ निवर्तमान सांसदलाई निष्काशित

काठमाडौँ, १० जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले माधवकुमार नेपाल समूहका ११ जना निवर्तमान सांसदहरुलाई साधारण सदस्यता समेत नरहने गरी निष्कासित कारवाही गरेको छ ।

आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास वालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले ११ जनालाई पार्टीको नीति, विधान तथा ह्वीप उल्लंघन गरेको भन्दै साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको हो ।

धवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई कारवाही गरेको हो । उहाँहरुलाई यसअघि ८ जेठमा बसेको स्थायी कमिटीले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो । स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नआएकाले कारवाही गरिएको एमालेले जनाएको छ ।

माधव समूहका २६ जना निवर्तमान सांसदहरुले आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाई विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको सिफारिसमा समेत हस्ताक्षर गर्नुभएको थियो । जसमा १५ जनाको हस्ताक्षर दुरुपयोग तथा आत्मालोचना गरिसकेकाले १५ जनालाई कारवाही नगरिएको एमालेले जनाएको छ ।

त्यस्तै आज अदालतमा संसद पुनस्र्थापना तथा देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने रिटमा माधव पक्षका २३ जनाले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब