गाउँमा संक्रमितको संख्या बढ्यो, अस्पताल आउँदाआउँदै मृत्यु

काठमाडौँ, १० जेठ । केही दिनयता काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या घट्दै गए पनि उपत्यकाबाहिरका गाउँबाट संक्रमित उपचारमा आउने क्रम बढेको यहाँका अस्पतालहरूले जनाएका छन् । केही दिनदेखि घटेको संक्रमितको चाप पुनः दोहोरिन थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । 

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार दुई दिनयता उपत्यकानजिकका धादिङ, काभे्र, नुवाकोटलगायत जिल्लाबाट कडा लक्षणसहितका संक्रमित उपचार गराउन आइरहेका छन्। उनले उपत्यकाबाहिरका गाउँबाट आइतबार अस्पतालमा १६ जना संक्रमित आएको जानकारी दिए ।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा पनि उपत्यकाबाहिरका ग्रामीण क्षेत्रबाट संक्रमित आउन थालेका छन्। दुई सातादेखि गाउँबाट बिरामी आउने क्रम सुरु भएको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ पल्मोनरी तथा छातीरोग विशेषज्ञ डा. निरज बमले बताए। अस्पतालमा नुवाकोट, रसुवा, काभे्र, सिन्धुपाल्चोकका गाउँबाट गम्भीर अवस्थाका संक्रमित आउने गरेका छन् । समयमै उपचार नपाएका कारण कतिपय बिरामीको आउँदाआउँदै मृत्यु हुने गरेको डा. बमले बताए। ग्रामीण भेकबाट आउने धेरैजसोमा श्वासप्रश्वासको समस्या देखिएको छ । डा. बमको अनुभवमा पछिल्ला दिनमा मृत्युदर पनि सहरको तुलनामा गाउँमा बढी छ। ‘कतिको उपचारमा आउनुअघि नै मृत्यु भइसकेको हुन्छ’, उनले भने ।

डा. बमका अनुसार गाउँमा कोरोना संक्रमितले हेरचाह नपाउने र राजधानीमा आइसकेपछि पनि भनेकै बेला आइसियु र भेन्टिलेटर नपाउँदा मृत्युसम्म हुने गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा