खैरो हेरोइन कारोबार गर्ने तीन जना पक्राउ

काठमाडौँ, ९ जेठ । लागु औषध (खैरो हेरोइन) सहित झापा र कञ्चनपुरबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्यूरो र सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको टोलीले झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले २६ वर्षीय सुमन दनुवार र दमक घर भएकी २१ वर्षीया समिता राईलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको साथबाट ५ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट प्रहरीले २० वर्षीया राकेश औजीलाई पक्राउ गरेको छ । भिमदत्त–६ ऐठपुर घर भएका औजीको साथबाट ९ दशमलव ४२ ग्राम  खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित

काठमाडौँ, ९ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर

काठमाडौँ, ९ असार । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय

काठमाडौँ, ९ असार । मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत