आजको मौसम पूर्वानुमान

काठमाडौँ, ९ जेठ । हाल अरब सागरमा विकसित भएको चक्रवातका कारण नेपालमा आएको मौसम प्रणाली हटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य  बदली रहने र तराइका भू–भागमा आंशिक बदली रहने छ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य  बदली र तराईका भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौँमा अपरान्ह्पछि बदलीको सम्भावना रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम ३१–३३ डिग्री सेल्सियससम्म पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ असार । ब्राजिलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई हजार

नयाँ दिल्ली, ५ असार । पाँच प्रमुख उदयीमान राष्ट्रिय अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका बीचको सहयोगी संस्था

नोम पेन्ह, ५ असार । कम्बोडिया सरकारले कृषी विकासका लागि अन्तराष्ट्रिय कोष (आइएफडी)का निर्देशक भारतीय नागरिक कौशिक बरुवालाई राष्ट्रिय सम्मान

जम्मू–कश्मीर, ५ असार । भारतको जम्मू–कश्मीरस्थित रजौरी जिल्लामा ११ महिनापछि आगनवाडी सेन्टरहरु पुनः सञ्चालनमा आएका छन् । कोभिड–१९ महामारीका कारण