तीनवटै सुरक्षा निकायलाई गृहको निर्देशन, ‘निषेधाज्ञा कडा कार्यान्वयन गर्नु’

काठमाडौँ, ८ जेठ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन हुनसक्ने आंकलनका साथ सरकारले निषेधाज्ञाको कडा कार्यान्वयन गराउन तीन वटै तहका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

आज गृहमन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएर मानिसहरुलाई सडकमा निस्कन नदिन निर्देशन दिएको हो । गृहसचिव महेश्वर न्यौपानेले सुरक्षा प्रमुखहरुलाई निषेधाज्ञाका बेला भीडभाडजन्य गतिविधि गर्न रोक लगाउन पनि भन्नुभएको छ ।

सरकारी आदेश उल्लंघन गरेर सडकमा निस्किए संक्रामक ऐन तथा निषेधाज्ञा उल्लंघन सम्बन्धी कानून अनुसार १ महिनासम्म कैद वा एक सय रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था छ ।

गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्लाका तीनवटै सुरक्षा निकायलाई परिपत्र गरेर निर्देशन कार्यान्वयन गर्नु भनेको छ ।
गएराति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि कांग्रेससहितका ४ दल र सत्तारुढ एमालेको माधव नेपाल समूहले आन्दोलन गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब